Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/१४ गते
    ९२ पटक
    कैलाली ।

    कैलालीको टीकापुर नगरपालिकामा एक युवती मृत फेला परेकी छन् ।

    नगरपालिकाको वडा नम्बर १ को ब्लक नम्बर १६ मा १६ वर्षीया किशोरी पुजा थापा शुक्रवार बिहान मृत फेला परेकी हुन् । ईलाका प्रहरी कार्यालय टीकापुरले थापा घर नजिकै मृत फेला परेको जनाएको छ ।

    मृतकका परिवारका अनुसार पुजा बिहिबार बिहान ९ बजे घरबाट निस्केकी थिइन् । जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर वलीले घटनाको अनुसन्धान भइरहेको बताए ।

    उनले मृतकको शव पोष्टमाटर्मका लागि टीकापुर अस्पतालमा लगिएको जानकारी दिए । उनले युवतीको हत्या वा आत्महत्याबारे पोष्टमाटर्म रिर्पोटपछि थाहा हुने बताए ।

    प्रतिकृया दिनुहोस्