Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/१३ गते
    २७ पटक
    काठमाडौं ।

    चलचित्र ‘ड्रिम गर्ल’ युनिट राजधानी फर्किएको छ । अभिनेता शिशिर भण्डारी र अभिनेत्री आश्मा गिरीसहित मोफसल यात्रामा निस्किएको यो युनिट बुधबार राजधानी फर्किएको हो ।

    अधिकांश युनिट चलचित्र प्रदर्शन पहिले मोफसल टुरमा निस्किने गर्दछन् । तर ‘ड्रिम गर्ल’ युनिट भने प्रदर्शनको तीन दिनपछि अर्थात गत आइतबार मोफसल यात्रामा निस्किएको थियो ।

    दर्शकले हलमा चलचित्रसँग कलाकार भेट्ने धेरै चाहना गरेका कारण आफुहरु मोफसल यात्रामा निस्किएको निर्देशक ऋषिराज आचार्यले बताए । ‘प्रचारको फरक रणनितिका कारण हामी चलचित्र प्रदर्शन अगाडि मोफसल यात्रामा निस्किएका थिएनौ’ निर्देशक आचार्यले भने ‘अहिले दर्शकको मागका अगाडि हाम्रो केही चलेन ।’

    पोखरा, चितवन, बुटवल, लगायत मोफसलका आधा दर्जन बढी शहरका हलमा पुगेर आफुहरुले दर्शकसँग चलचित्र हेर्दै प्रतिक्रिया लिएको निर्देशक आचार्यको भनाई रहेको छ । मोफसलका अधिकांश शहरमा चलचित्रले राम्रो दर्शक पाएको दाबी आचार्यले गरे ।

    लभ, एक्शन र सेन्टिमेन्ट्सले भरिएको चलचित्रमा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल,अर्जुन श्रेष्ठ, विल्सनविक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैंडा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय समेटिएको छ ।

    निर्देशक ऋषिराजका साथ अर्जुन शर्मा र रामेश्वर धितालले मिलेर चलचित्र बनाएका हुन् । चलचित्रको सहनिर्माता दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ ।

    प्रतिकृया दिनुहोस्