Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/१३ गते
    २१९ पटक

    सुनिल रेग्मी \ मंसिर १३ नेपालगन्ज

    बाँकेको नेपालगन्जमा जेएमसी नेपाल टाइगर इन्टर स्कुल टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल टाईगर स्पोर्टस् क्लवको आयोजनामा हुने प्रतियोगिता मंसिरको २१ गतेबाट शुरु हुनेछ । विहिवार नेपालगन्जमा पत्रकार सम्मेलन गरी दिईएको जानकारी अनुसार, प्रतियोगितामा जिल्लाका १६ विद्यालयको सहभागिता रहनेछ ।

    प्रतियोगिताको विजेता बिद्यालयले ३० र उप विजेता टिमले १५ हजार प्राप्त गर्ने प्रतियोगिताको संयोजक मो. अव्रारार शेषले जानकारी दिए । प्रतियोगिताको म्यान अफ द म्याच,म्यान अफ द सिरिज,वेष्ट बलर ,वेष्ट ब्याटस्म्यानले आकर्षक पुरष्कारको पाउने आयोजकका सदस्य शिद्धान्तराज शाहीले जाकारी दिए ।

    प्रतियोगिता आयोजना गर्न करिव तीन लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । यस खाले प्रतियोगिताले भविष्यमा खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास लिईएको आयोजकका सदस्य इनामुद्धिन हल्वाईले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा टाईटल प्रयोजक जेएमसीका निर्देशक विनय श्रेष्ठ , वबााके जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष सुनिल सिंह हमाल,राखेप प्रशिक्षक दिपेन्द्र प्रताप सिंह लगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्