Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/१२ गते
    ६५ पटक
    चितवन ।

    चितवनको माडी नगरपालिकामा जंगली हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ ।

    हात्तीको आक्रमणबाट बेपत्ता भएकी ६० वर्षीय स्थानीय तिर्सनाकाली पौडेलको घटना स्थलभन्दा पारिपट्टी खोलाको किनारमा शव भेटिएपछि मृतकको संख्या दुई जना पुगेको हो ।

    उनीसँगै माडी नगरपालिका वडा नम्बर ९ कै उनीसँग जंगलमा घाँस काट्न गएकी वर्ष ३५ की सुशीला भण्डारीको शव घटनास्थलमा भेटिएको थियो ।

    रीउ खोलाको किनारमा घाँस काट्न गएका उनीहरुलाई जंगली हात्तीले आज दिउँसो आक्रमण गरेको प्रहरीले जनाएको छ ।

    शवको मुचुल्का गरी पोष्टमार्टमको लागि भरतपुर ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्