Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/१२ गते
    ४२ पटक
    जाजरकोट ।

    जाजरकोटको नलगाड नगरपालिका ३, को टट्टा गाउका स्थानीय सुन्तला खेतीबाट मनग्य आम्दानी लिन सफल भएका छन । थोरै लगानीबाट धेरै आम्दानी हुने भएपछि सुन्तला खेती तर्फ उनीहरुको आक्रषण बढेको हो ।

    गाउको खेतबारी पहेंलै देखिन्छ । खेतबारीमा लटरम्म सुन्तला फलेका छन । सुन्तोला टिपेर बेच्न भ्याई नभ्याई छ । सुन्तला खेतीबाट स्थानीय लाखौं रकम आम्दानी लिन सफल भएका छन । बोटमा ३५ रुपैयाँ किलोको दरले विक्री हुने गरेको छ ।

    गाउ नजिकै कैना बजारमा सडक पुगेपछि सुन्तला वजारसम्म पठान सहज भएको छ । गाउको सुन्तला यसपटक कृषि उपज संकलन केन्द्र भेरी नगरपालिका ३, ले संकलन गरेको छ ।

    संकलीत सुन्तला खलंगा, नेपालगंज र सुर्खेतका बजारमा विक्रीवितरण भएको छ । सुन्तला खेतीबाट गाउको आर्थिक स्रोत मात्र हैन, परिचय पनि बदलिएको छ ।

    सुन्तला खेतीबाट घर व्यवहार चलाउन र छोराछोरीलाई पढाउन लेखाउन सहज भएको कृर्षक बिर्खबहादुर विकले बताउनु भयो । ३ रोपनी खेतबारीमा ६० हजारको सुन्तला फलेको र गाउको जीवन स्तर सुन्तलाले नै उकासेको विकले बताउनु भयो ।

    सोही गाउका तिलक बहादुर पुन बिगत १६ बर्ष देखि सुन्तला खेती गर्दै आउनु भएको छ । पुनले १६ रोपनी बारीमा सुन्तला खेती गर्नु भएको छ । गाउका अगुवा किसान पुनले नै अन्यलाई यस खेती तर्फ लाग्न उत्साही गराउनु भएको हो ।

    यस गाउका ३० घरपरिवारले सुन्तला खेतीले थालेका छन । गाउमा धेरैजसो सिचाई सुविधा नभएको पाखोबारी छ । पाखोबारीमा लगाएको मकै, गहुँ लगाएत अन्न उत्पादन भन्दा सुन्तलाबाट बढी फाइदा पुग्ने भएपछि यस तर्फ स्थानीयको आक्रषण बढेको हो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जोन सन्चालनमा रहेपनि कृर्षकले फाइदा लिन नसकेका सुन्तला कृर्षक गोरखबहादुर पुनले वताउनु भएको छ । गाउमा सुन्तला खेतीका लागि आवश्यक पर्ने सिंचाई, औषधी, विरुवा, तालिम, प्राविधीक लगाएत ज्ञानको अभाव छ । बिरुवा सुक्ने, दाना पहेलो भएर झर्ने, वोट मर्ने रोग पनि लागेको छ ।

    नलगाड ३, को टट्टा र करुवा गाउ सुन्तलाको पकेट क्षेत्र मानिन्छ । भने ८० घरपरिवार सुन्तला खेतीमा संलग्न रहेका छन । सुन्तला खेतीबाट एक घरपरिवारले ५० हजार देखि १ लाखसम्म आम्दानी लिने गरेका छन । यहाँको सुन्तला स्थानीय बजारका साथै चौथारा मेला, घुवारा, चिसापानी, कैना लगाएत मेला तथा जिल्ला वाहिर जाने गरेको छ ।

    प्रतिकृया दिनुहोस्