Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/१२ गते
    ५८ पटक
    एजेन्सी ।

    क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा नयाँ किर्तिमान बनाएका छन् । उनी च्याम्पियन्स लिगको इतिहासमै १ सय पटक खेल जित्ने पहिलो खेलाडी बनेका हुन् ।

    यसअघि कोहि खेलाडीले पनि च्याम्पियन्स लिगमा सय खेलमा जित निकाल्न सकेका थिएनन् । मंगलबार राति भएको खेलमा इटालिएन यूभेन्ट्सको तर्फबाट मैदान उत्रेका रोनाल्डोले भ्यालेन्सिया विरुद्ध गोल नगरेपनि उनको टोलीले भ्यालेन्सिलाई १–० ले पराजितगर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

    रोनाल्डो गत सिजनमात्र रियल मड्रिडका तर्फबाट च्याम्पियन्स लिग उपाधि जित्दै पाँचौ पटक च्याम्पियन्स लिग जित्ने एकमात्र खेलाडी बनेका थिए ।

    रोनाल्डो च्याम्पियन्स लिगको इतिहासकै सर्वाधिक गोलकर्ता समेत हुन् । १ सय ५७ खेल खेलिसक्दा उनले अहिलेसम्म १ सय २१ गोल गरिसकेका छन्।

    उनलाई लियोनल मेस्सीले पछ्याई रहेका छन्। मेस्सीले १ सय २७ खेलबाट १ सय ५ गोल गरेका छन् ।

    प्रतिकृया दिनुहोस्