Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/११ गते
    १०५ पटक
    एजेन्सी ।

    ज्याकी चानले बहिस्कार गरेकी छोरी एत्ता एनजीले आफ्नी क्यानाडेली प्रेमिका एन्डी अटमसँग विवाह गरेकी छिन् ।

    १९ वर्षे एनजीले इन्स्टाग्राममा सेतो पहिरन लगाएको आफ्नो जोडीको फोटो पोष्ट गर्दै क्याप्सन लेखेकी छिन्, ‘प्रेमको सधैं जित हुन्छ । सधैं…’

    ‘हंगकंग फिर्ता भयौं श्रीमती र श्रीमतीको रुपमा,’ अटमको अकाउन्टमा राखिएको तस्बिरमा यस्तो लेखिएको थियो ।

    ‘यो प्रेमले हामीलाई हाम्रो पीडा बिर्सनका लागि अत्यधिक शक्तिशाली र आत्मविश्वासी बनाएको छ । यसले हाम्रो अहंकार परास्त गरेको छ । हामी को हौं र के चाहन्छौं भन्ने उत्तर पनि दिएको छ,’ उनी थप्छिन् ।

    एनजी मुभी स्टार चान र पूर्व सुन्दरी एलेइनी एनजीकी छोरी हुन् । चान सन् १९८२ देखि ताइवानी नायिकासँग विवाहित छन् ।

    गत मेमा यो जोडीले युट्युबमा आफू क्यानडामा घरबारविहिन भएको बताएका थिए । यसका लागि आफ्ना आमाबुवा जिम्मेवार रहेको उनले बताएकी थिइन् ।

    ‘हामी पुलमुनी सुत्यौं,’ एनजीले उक्त भिडियोमा भनिन्, ‘हामीले पुलिसलाई भेट्यौं, अस्पताल गयौं, फुड बैंक गयौं र एलजीबीटीक्यू कम्युनिटी सेल्टर गयौं तर कसैले पनि हामीलाई वास्ता गरेनन् ।’

    तर यी नवविवाहितका लागि सायद अहिले समय फेरिएको छ ।

    यो जोडी टोरोन्टोमा विवाह गरेर हङकङ फर्किएका छन् जहाँ समलिङ्गी विवाहले कानूनी मान्यता पाएको छैन ।

    प्रतिकृया दिनुहोस्