Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/११ गते
    १०५ पटक
    एजेन्सी ।

    कुनै पुरुष जो यौनांग विना जन्मिएको हुन्छ, त्यसले एक दुई होइन सय–सय जना महिलासँग यौन सम्पर्क गर्दछ भनेर कसरी विश्वास गर्ने ?

    बेलायतको म्यानचेष्टरका एक पुरुषले यस्तो अनुमानलाई गलत सावित गरिदिएका छन् । उनले अहिलेसम्म १ सयभन्दा धेरै महिलासँग सेक्स गरिसकेको दाबी गरेका छन् ।

    एन्ड्रयू वार्डल नामका ती पुरुषका बारेमा एउटा डकुमेन्ट्री नै बनाइउको छ ।

    वार्डल जन्मजात रुपमा ब्लेडर एक्सट्रफी नामक अनौठो रोगको सिकार थिए । यो समस्या भएका मानिसमा यौनांग शरीर बाहिर विकास भएको हुँदेन ।

    तर यस्तो हुँदाहुँदै पनि उनले धेरै महिलासँग सेक्स गरिसकेका छन् । अहिलेपनि एकजना युवतीसँग उनी डेट गरिरहेका छन् । उनको यौनांग नभएको कुरा झ्वाट्ट हेर्ने महिलालाई थाहा हुने कुरा भएन ।

    उनी महिलालाई आफुप्रति आकर्षित गर्न माहिर थिए । अनि आकर्षित गरी यौन सम्पर्क पनि राखिहाल्थे ।

    केटीलाई कसरी खुसी पार्ने भन्ने तरिका आफुले जानेको उनी दाबी गर्दछन् । आफ्नो प्रयास कहिल्यै पनि खेर नगएको उनी बताउँछन् ।

    ‘जब महिलाहरु मसँग नजिकिन्छन्, तब मैले उनीहरुलाई यति प्रेम गर्छु कि मेरो यौनांग नभएको कुरा अनुभुति नै गर्न सक्दैनन्’, उनी बताउँछन् ।

    वार्डलले आफ्नो यौनांग विकास गर्नका लागि धेरैपटक उपचार पनि गराए । तर त्यसका अहिलेसम्म सफल भएका छैनन् ।

    प्रतिकृया दिनुहोस्