Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/२/४ गते
    १७९८ पटक
    नेपालगन्ज ।

    सत्तारुढ दुई ठूला दल एकीकरण भएको खुशियालीमा बाँकेका विभिन्न स्थानहरुमा खुशियाली मनाइएको छ ।

    नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको खुशियालीमा बाँकेमा पनी दिपावली गरिएको हो । नेपालगन्ज, खजुरा, कोहलपुर लगायतका ठाउँहरुमा दिपावली, कोणसभा, ¥याली समेत गरिएको थियो ।

    नेपालगन्जको पुष्पलाल चोकमा नेकपा एमालेका जिल्ला नेता र माओवादी केन्द्रका जिल्ला नेताहरुको उपस्थितिमा दिपावली गरिएको हो ।माओवादी केन्द्रका नेता गोपाल पुनका अनुसार माओवादी बाँकेका इन्चार्ज समेत रहेका प्रदेश सभा सदस्य आइपी खरेल, नेकपा एमालेका जिल्ला अध्यक्ष अशोक कोइराला लगायत दिपावलीमा सहभागी थिए ।

    माओवादी नेता अक्कल बहादुर बम, दामोदर आचार्य, ललित रौनियार, आदेश अग्रवाल, एमाले नेता रत्न खत्री, प्रमोद धिताल, दत्त प्रसाद आचार्य, अशोक कर्माचार्य लगायतका नेताहरु पनि दिपावलीमा सहभागी थिए ।

    दिपावलीपछि नेता आइपी खरेल र अशोक कोइरालाले पार्टी एकतालाई गाउँ, बस्तीसम्म पुर्याएर सशक्त संगठन पुनर्निर्माण गरिने बताए । 

     

    प्रतिकृया दिनुहोस्