Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/१० गते
    ६४ पटक

    बलिउडमा यतिबेला बिवाहको सिजन चलिरहेको छ । भर्खरै मात्र दिपिका पादुकोण र रणवीर सिंह बैवाहिक जीवनमा बाधिसकेका छन् भने अब अर्की चर्चित नायिका प्रियंका चोपडा र अमेरिकन गायक तथा नायक निक जोनसंग बिवाह गर्ने तयारीमा छिन् ।

    यी दुईले भारतको जोधपुरमा भव्य राजमहलमा डिसेम्बर २ र ३ तारिखमा बिवाह गर्देछन् । हिन्दु र क्रिश्चियन रीति अनुसार नै बिवाह गर्न लागेकोले उनीहरुको बैवाहिक कार्यक्रम २ दिन रहनेछ ।

    बिवाहको मिती नजिकिदै जाँदा प्रियंकाको घर सजिन सुरु भईसकेको छ । दिपिका रणवीरको जस्तै प्रियंका र निकको बिवाहलाई पनि मिडिया र आम दर्शकहरुले पनि उत्सुकतापुर्वक हेरिरहेका छन् ।

    प्रियंका–निकको मेहेन्दी र संगीत कार्यक्रम नोभेम्बर २९ तारिखमा आयोजना हुँदैछ । आफनो बैवाहिक कार्यक्रममा प्रियंकाले पनि सांगेतिक प्रस्तुती दिने भएकीछिन् ।

    विवाहको दुईवटा रिसेप्सन हुनेछ । एउटा रिसेप्सन दिल्लीमा हुनेछ । विवाहको केही दिन पछि आयोजना हुने भनिएको दुबै रिसेप्सनको मिति भने सार्वजनिक भएको छैन ।

    प्रियंका र निकले पनि आफनो बिवाहमा मिडियालाई प्रबेश निषेध गर्ने तयारी गरिरहेका छन् । कडा सुरक्षाकाबीच उनीहरुको बिवाह हुनेछ । बिवाहका लागि प्रियंका र निक जोधपुरको उम्मेद राजमहलमा हेलिकोप्टरबाट जानेछन् ।

    यसैबीच प्रियंकाले आफनो बिवाहको निम्तो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएकीछिन् । मोदीलाई विवाहको कार्ड दिन निकलाई लिएर प्रियंका प्रधामन्त्री कार्यालय पुगेकी थिइन्।

    प्रधानमन्त्री संगको भेटको बारेमा केहि जानकारी नदिईए पनि मोदिको हातमा विवाहको कार्ड पुगेको बताईएको छ।

    उता प्रिय्रंका विश्व सुन्दरी पनि रहेकीले निकसंगको बिवाहलाई अन्तराष्ट्रिय मिडियाले पनि निकै चासोका साथ हेरिरहेका छन् । आफुभन्दा १० बर्ष कान्छा निकसंग प्रियंकाको अफियर हलिउडमा काम गर्दे जाँदा भएको थियो ।

    यो पनि पढ्नुहोस

    भव्य राजमहलमा हुँदैछ प्रियंका-निकको बिवाह , मिती पनि तय

    बलिउडमा दिपिका पादुकोण र रणवीर सिंहको बिवाहपछि यतिबेला ध्यान केन्दि«त भईरहेका छन् प्रियंका चोपडा र अमेरिकन गायक एवं कलाकार निक जोनास । केही समय अगाडी भारतमा नै एक भव्य समारोहबीच इन्गेज्मेण्ट गरेका यी दुईले डिसेम्बर २ तारिख जोधपुरमा बिवाह गर्देछन् ।

    दिपिका रणवीरले इटालीमा एक भब्य महलमा बिवाह गरे भने प्रियंका र निकले भने भारतलाई नै रोजेका छन् । बलिउडका लागि यी दुई बिवाह दोस्रो ठुलो बिवाह हो । बिवाहको मिती नजिकिँदै गर्दा प्रियंकाले आफनो नयाँ फिल्मको सुटिङ सुरु गरिसकेकीछिन् । उता प्रियंकाले आफनो बिवाहलाई बिषेश बनाउँन डे«स डिजाईनरदेखि सबै भारतीय नै रोजेकीछिन् ।

    जोधपुरको उम्मेद भवन राजमहलमा यी दुईको बिवाह हुँदैछ ।जसको एक दिनकै खर्च मात्रै ४३ लाख भारतीय रुपैया रहेको बताईएको छ । विश्वकै टप होटलहरुमा यो होटल पनि पर्ने गर्छ । जुन महलको आधा हिस्सामा अझै पनि पूर्व राजा गजसिंह आफनो परिवारसंगै बस्ने गर्छ । प्रियंका निकको बिवाहको समारोह भने नोभेम्बर ३० देखि डिसेम्बर २ सम्म चल्नेछ ।

    प्रियंका र निकको बिवाहमा बलिउडसहित १५०० पाहुनालाई निम्तो पठाईदैछ जसमा बिषेश प्राथामिकतामा सञ्जयलिला भन्साली , करण जौहर , रानी मुखर्जी , आदित्य चोपडा , ऋतिक रोसन लगायतका हस्तीहरु रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्