Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/१० गते
    ९७ पटक
    काठमाडौं ।

    लामो समय आफनो प्रेम सम्बन्धलाई लुकाउँन कप्पिस प्रमाणित भएका नायिका दिपिका प्रसाई र निर्देशक दिवाकर भट्टराई ।

    एश्वर्यबाट दिपिकालाई डेब्यु गराएसंगै उनीहरुबीचको प्रेम सम्बन्धको बारेमा चर्चा भएको थियो तर उनीहरुले उक्त खबरको खण्डन गरे । तर एश्वर्य लगत्तै कोर्ट म्यारिज गरेका उनीहरुले केही समय अगाडीमात्र इन्गेज्मेण्ट गरेर सबैलाई चकित पारे ।

    हालै मात्र उनीहरु थाईल्याण्ड ट्रिपमा गए जसको कारण दिपिकाले अनुबन्धित भएको फिल्मबाट हात धुनु प¥यो ।

    सोही कारण पनि यतिबेला दिपिकाको हातमा कुनै फिल्म छैन । चाडै धार्मिक रीति अनुसार बिवाह गर्ने तयारीमा रहेका दिवाकरले नै दिपिकाको करियरको जिम्मा सम्हालेका छन् ।

    दिवाकरकै करबलमा फिल्ममा पाईला टेकेकी दिपिकालाई उनले आफनो नयाँ फिल्ममा लिएका छन् ।

    हाल क्याप्टेनमा आवद्ध रहेका दिवाकरले दिपिकालाई लिएर ५/६ महिनापछि फिल्मको सुटिङ गर्ने बताए । अब हेरौँ दिपिकासंगै करियरको पनि जिम्मा लिएका दिवाकरको संघर्ष कत्तिको सफल हुन्छन् ।

    प्रतिकृया दिनुहोस्