Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/१० गते
    २०४ पटक
    एजेन्सी ।

    अमेरिकाले सन् २००८ मा मुम्बईमा भएको आक्रमणमा सहभागी आतंककारी तथा योजनाकारको बारेमा सूचना दिनेलाई पुरस्कार दिने घोषणा गरेको छ ।

    अमेरिकी सरकारले आक्रमणका बारेमा सूचना दिने व्यक्तिलाई ५० लाख डलर(झण्डै ५० करोड नेपाली रुपैयाँ) प्रदान गर्ने घोषणा गरेको छ ।

    लश्कर–ए–तैयबासँग जोडिएका पाकिस्तानका १० जना आतंकारीको समूहले सन् २००८को नोभेम्बर ११ मा गरेको आक्रमणमा ६ अमेरिकी नागरिकसहित १६६ जनाको ज्यान गएको थियो । जुन घटनालाई (२६/११) घटनाका नामले पनि चिनिन्छ ।

    द टाइम्स अफ् इन्डियाका अनुसार अमेरिकी विदेश मन्त्रालयले मुम्बई आक्रमणमा संलग्न आंतककारीका बारेमा सूचना दिनका लागि इमेल र फोन नम्बर सार्वजनिक गरेको छ ।

    त्यस्तै आक्रमणकारीका बारेमा नजिकको अमेरिकी दूतावासमा गएर क्षेत्रीय सुरक्षा अधिकृतलाई भेटेर जानकारी दिन सकिन्छ ।

    अमेरिकाले रिवार्ड्स फर जस्टिस अन्तर्गत यो पुरस्कारको घोषणा गरेको हो । अमेरिकाले यो कदम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अमेरिकी उपराष्ट्रपति माइक पेन्सबीच सिंगापुरमा भएको भेटघाटपछि उठाएको हो ।

    भारत लश्कर–ए–तैयबाका संस्थापक हाफिज सइदलाई मुम्बई आक्रमणका मुख्य योजनाकार भएको बताइन्छ । भारतीय सुरक्षा एजेन्सीले पाकिस्तानलाई यसको बारेमा प्रमाण दिइसकेको पनि छ ।

    तर पाकिस्तानले भने कुनै कदम नचालेको आरोप भारतीय पक्षले लगाउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्