Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/८/७ गते
    ४८ पटक
    काठमाडौं ।

    पाकिस्तानको कराँचीस्थित चिनियाँ बाणिज्य दूताबासमा आतंकवादी आक्रमण भएको छ ।

    घटनामा दुई सुरक्षाकर्मी मारिएका छन् भने अर्का एक घाइते भएका छन् । चिनियाँ कूटनीतिज्ञ भने सुरक्षित रहेको प्रहरीले बताएको छ ।

    स्थानीयका अनुसार शुक्रबार ९ः३० बजे बाणिज्य दूताबास नजिकै विस्फोट भएको थियो । लगतै गोलाबारी सुरु भएको र रहेका सुरक्षाकर्मीले जवाफ कारबाही गरेका छन् ।

    प्रतिकृया दिनुहोस्