Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/७/२७ गते
    ८५ पटक

    थ्री लभर्सबाट नेपाली सिनेमा क्षेत्रमा पर्दापण भएकी नायिका पुजा शर्मा आज यस क्षेत्रकै लागि चर्चित अनि लोकप्रिय नायिकामा पर्छिन् ।

    प्रेम गीत भन्दा अगाडी कुनै चर्चामा नआएकी पुजालाई प्रेम गीतले यसरी चर्चा र सफलता दियो जुन निकै लोभ लाग्दो छ । अभिनयसंगै फिल्म निर्माणमा पनि हात हालेकी पुजाले म यस्तो गीत गाउँछु र रामकहानी जस्ता सफल फिल्म निर्माण गरिसकेकीछिन् ।

    बिषेशगरी युवामाझ बिन्दास अन्दाजको कारण पनि उनको क्रेज राम्रो छ । लोभलाग्दो क्रेज र सफल फिल्महरुको कारण आज उनी महंगो पारिश्रृमिक लिने नायिकाको लिस्टमा पर्न सफल भएकीछिन् ।

    यतिबेला उनी ‘सम्हालिन्छ कहिले मन’ मा अनुबन्धित भएकी हुन् । । सुदर्शन थापाको निर्देशनमा पुनः काम गर्न लागेकी उनले यस फिल्मका लागि १५ लाख पारिश्रृमिक लिएकीछिन् ।

    सोमवार दिउँसो मात्र निर्माण टिमसंग उनले सम्झौता गरेकीछिन् । ए.वि प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुनेछ ।

    अमित​ कुमार​ ब​स्नेत​ र​ अजित​ कुमार​ थापाको निर्माण रहने फिल्ममा पुजा र सुदर्शन पनि निर्माताको रुपमा रहेका छन् । पुजाको यो पारिश्रृमिक साम्राज्ञीले पछिल्लो पटक नयाँ फिल्मका लागि १५ लाख नै पारिश्रृमिक लिएकी थिईन्।

    यसरी उनले अहिलेकी चर्चित अनि डिमाण्डेट साम्राज्ञीलाई पनि चुनौती दिएकीछिन् । फिल्ममा पुजाले डेब्यु नायक सोनम तोप्देनसंग रोमान्स गर्देछिन् भने फिल्ममा अर्का नायक पनि हुनेछन् ।

    जसका लागि आर्यन सिग्देलसंग कुरा भईरहेको चर्चा छ । यसअघि यसअघि पूजा र आर्यनले सुदर्शन निर्देशित फिल्म मधुमास मा काम गरिसकेका छन् ।

    पुजा र सुर्दशनले लामो समयदेखि आफनै व्यानरको फिल्ममा मात्र काम गर्दे आईरहेका थिए तर अब उनीहरुले व्यानरबाहिर पनि काम गर्न थालेका छन् । म्यूजिकल लभ स्टोरी ‘सम्हालिन्छ कहिले मन’को सुटिङ डेढ महिनापछि सुरु हुँदैछ ।

    प्रतिकृया दिनुहोस्