Paschim News

  • प्रकाशित : २०७५/७/२४ गते
    ५२२ पटक
    सुनिल रेग्मी । नेपालगन्ज ।

    युनिर्भसल एकेडेमी अफ हस्पिटालिटि म्यानेजमेन्ट स्थापना कालमै धेरै विद्यार्थीको मन जित्न सफल भएको छ ।

    नेपालगन्जको धम्वोझीमा रहेको एकेडेमिले विभिन्न समयमा शुरु गरेकोे छोटो तथा १८ महिले डिप्लोमा इन होटल म्यानेजमेन्टको तालिमहरुमा विद्यार्थीहरुको आकर्षण बढेको छ ।

    यस क्षेत्रमा होटल खुल्ने क्रम बढे सर्गै अहिले एकेडेमीमा पढाईका वारेमा वुझ्न दैनिक संर्यौको संख्यामा त्यहाँ जाने गरेका छन् ।

    युनिर्भलमा दक्ष प्रशिक्षक,सुविधा सम्पन्न आधुनिक किचेन, रेष्टुरेन्ट, वार, बेकरी, हाउस किपिङ रुम र अडियो भिडियो कक्षा कोठा,र अन्य कलेज भन्दा भिन्न तरीकाको अध्यापन शैली रहेको कलेजका प्रिन्सिपल भरत विष्टले जानकारी दिनुभयो ।

    सो एकेडेमिमा अध्ययन गरि दिक्षान्त भएका पहिलो ब्याजका सबै विद्यार्थीहरुले रोजगारी पाएको कलेजको दावी छ । 

    सिटिइभिटि नेपाल,सिएमसी सिगापूर, विपिएक्सआई चाईना बाट मान्यता प्राप्त तथा पाटा नेपाल संघमा आवद्ध रहेको एकेडेमिले अहिले होटल म्यानेजमेन्ट क्षेत्रमा अब्बल साबित हुदैँ गएको छ ।

    पहिलो ब्याजको सफल दिक्षान्त भए सर्गै एकेडेमिले पश्चिम क्षेत्रमै पहिलो पटक सिटिईभिटि बाट प्रोफेस्नल कुकिङ लेवल टु को मान्यता समेत पाएको छ ।

    प्रिसिपल विष्टका अनुसार सो प्रोफेस्नल कुकिङ लेवल टुको भर्ना शुरु भएको र मंसिर २७ बाट कक्षा संन्चालन हुने जानकारी दिए ।
    अहिले डिप्लोमा इन होटल म्यानेजमेन्टको चौथौ ब्याज चलिरहेको छ भने तेस्रो र दोस्रा ब्याजका विद्यार्थीहरु चाईनामा ईन्टनसिप गरिरहेका कलेजका प्रिन्सिपल विष्टले जानकारी दिनुभयो ।

    पहिले ब्याज भने दिक्षान्त भईसकेको छ ।  एकेडेमिले १८ महिले डिप्लोमा इन होटल म्यानेजमेन्ट, प्रोफेस्नल कुकिङ, साथै छोटो अवद्यीका तालिमहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्