Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/७/२५ गते
    ११९ पटक
    काठमाडौं । 

    नेपाल राष्ट्र बैंकले निजी सवारी साधनकाे खरिदमा हुने ऋण प्रवाहमा कडाइ गरेकाे छ । अब बैंक तथा वित्तीय संस्थाहरुले सवारी साधनकाे मूल्यको ५० प्रतिशतसम्म मात्र ऋण दिन पाउनेछन् ।

    बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिलाई व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न सवारी साधनको मूल्यको अधिकतम ५० प्रतिशत मात्र ऋण दिन पाउनेगरी निर्देशन जारी गरेकाे हाे ।

    अनुत्पादक क्षेत्रमा हुने लगानी प्रवाह राेक्न राष्टबैंकले नयाँ निर्देशन जारी गरेकाे हाे । यसअघि सवारी साधन कर्जा (अटाे लाेन)काे सीमा ६५ प्रतिशतसम्म थियाे ।

    तर निजी विद्युतीय सवारीसाधनमा भने याे सीमा लागू हुने छैन । विद्युतीय सवारीलार्इ प्राेत्साहन गर्नका लागि साेकाे खरिदमा भने बैंक तथा वित्तीय संस्थाहरुले मूल्यकाे ८० प्रतिशतसम्म ऋण दिन पाउनेछन् ।

    न्यूनतम ४० सीटको सार्वजनिक यातायात, निर्माण कार्य एंव पर्यटक, शिक्षा, स्वास्थ्य र ढुवानी जस्ता सेवाका लागि प्रयोग हुने सवारी साधनको हकमा पनि यो सीमा लागू नहुने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्