Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/७/९ गते
    २२४ पटक
    नेपालगन्ज ।

    बाँकेको नेपालगन्जमा रहेकोे भेरी अञ्चल अस्पतालमा इन्डोर ब्लक निर्माण हुने भएको छ । विरामीहरुको चाप र जीर्ण भवनका कारण सेवा सुचारु गर्नलाई कठिनाई आएको बेला अस्पतालको इन्डोर ब्लक निर्माण हुन गइरहेको हो ।

    इन्डोर ब्लक निर्माणको लागि स्वास्थ्य मन्त्रालयलाई इन्डोर ब्लक निर्माणका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरेको छ । यसै क्षेत्रबाट निर्वाचित सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईको अस्पतालको स्तरउन्ततीको लागि पहल गर्दै आएका थिए ।

    उनले पहलले अहिले आएर सार्थकता पाउन थालेको छ ।

    स्वास्थ्य मन्त्रालयले असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी भेरी अञ्चल अस्पतालको आवास तथा नयाँ इन्डोर भवन निर्माणका लागि सहमति माग गरेकोमा सोही बमोजिम बिहीबारको मन्त्रीस्तरीय निर्णयबाट इन्डोर ब्लक निर्माण कार्य अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिएको हो ।

    भेरी अञ्चल अस्पतालमा स्वास्थ्यकर्मीहरुका लागि आवासीय भवन र विरामीहरुका लागि ईन्डोर भवन बनाउन १२ बर्ष अघिदेखि पहल भईरहेको भए पनि सार्थक हुन सकेको थिएन ।

    भेरी अञ्चल अस्पतालमा हाल १ सय ५० शैया रहेको मेडिकल सुपेरिटेन्डेन्ट रुपानन्द अधिकारीले जानकारी दिए । विरामीको चाप अनुसार इन्डोर ब्लकको आवश्यकता टड्कारो देखिएको अस्पतालका डक्टरहरुको भनाई छ ।

    मेडिकल सुपेरिटेन्डेन्ट अधिकारीले हाल चिकित्सकहरुको आवास रहेको १, २ र ३ नम्बर व्लकमा विरामीहरुका लागि ईन्डोर ब्लक बनाउने योजना रहेको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्