Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/७/६ गते
    ६६३ पटक
    एजेन्सी ।

    भारतको मोदीनगरमा ५० वर्षे महिला २० वर्षे युवकसँग फरार भएको खबर सार्वजनिक भएको छ । जानकारीका अनुसार यी दुईको दोस्ती फेसबुकमार्फत भएको थियो । महिलाको एक छोराको विवाहसमेत भइसकेको बताइएको छ ।

    महिलाका श्रीमानले यसबारे पुलिसलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो । पुलिसले युवकको मोबाइल निगरानीमा राखेको छ ।

    नवभारत टाइम्सका अनुसार महिलाका जेठो छोराले उनलाई ६ महिनाअघि मोबाइल दिएका थिए । त्यसपछि महिलाले ह्वाट्सएप र फेसबुक आइडी बनाएर चलाउन थालिन् ।

    स्रोतलाई उद्धृत गर्दै नवभारत टाइम्सले लेखेको छ, ‘तीन महिनाअघि महिलाको फेसबुकमा युवकसँग दोस्ती भएको थियो । एक महिनादेखि दुबैजना फोनमा कुराकानी गरिरहेका थिए । सोमबार बिहान महिला फोन घरमा नै छोडेर भागेकी छिन् ।’

    महिलाको फोन हेरेपछि यी दुईको प्रेमप्रसंगबारे खुलासा भएको बताइएको छ । युवक बीबीएका छात्र भएको बताइन्छ । पुलिस गजेन्द्रपाल सिंहले यी दुईको खोजी कार्य जारी भएको भारतीय संचार माध्यमलाई जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्