Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२९ गते
    १०४ पटक
    काठमाडौँ ।

    पश्चिमी जर्मनीको हेजे शहरमा आइतबार एउटा विमान भीडमा दुर्घटनाग्रस्त हुँदा एक बालक समेत तीन जनाको मृत्यु भएको छ ।

    प्राप्त समाचार अनुसार उक्त सानो सेस्ना विमानलाई पाइलटले फुल्डा सहरको वासरकुपेमा अवतरण गराउन खोज्दा केही गडबडी आएको र त्यसपछि उक्त विमान हेजे शहरको भिडभाड भएको ठाउँमा खसेको जनाइएको छ ।

    उक्त दुर्घटनामा थुप्रै मानिस घाइते समेत भएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्