Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२९ गते
    १९५ पटक
    सुर्खेत ।

    सुर्खेतमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार जिल्लाको सिम्ता गाउँपालिका–३ बाँखर्कमा न१ह २४९८ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा स्थानीय थिरप्रसाद शर्माको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते शर्माको उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनापछि फरार रहेका अटोरिक्सा चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्