Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२७ गते
    ३७०८ पटक
    नेपालगन्ज ।

    बाँकेको नेपालगन्जमा शुक्रबार राती दुई समूहबीच ‘ग्याङ् फाइट’ भएको छ । नेपालगन्जको डिभिजन वन कार्यालय अगाडि सुर्खेतरोडमा युवाहरुको दुई समुहबिच ‘ग्याङ् फाइट’ भएको हो ।

    दशै डान्स पार्टीमा सहभागि हुन आएका युवाहरुको समुहबिच बिच सडकमा नै खुकुरी हानाहान भएको थियो ।

    घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको बिशेष प्रहरी टोलिले घटनास्थलबाट नै एक थान खुकुरी र एक थान रड सहित २ युवाहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुको बाँके प्रहरीले नाम र ठेगाना खुलाएको छैन ।

    बाँके प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना अनुसार सक्रियता समेत बढाएको छ ।

    ‘ग्याङ् फाइट’पछि युवाहरु भागेका थिए । ‘ग्याङ् फाइट’ गर्नेहरु भागेपछि कसलाई कती चोटपटक लागेको भन्ने बारे केही खुल्न नसकेको बाँके प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्