Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२६ गते
    ७७१ पटक

    अभिनेत्री दीपिका प्रसाई अभिनित फिल्म छक्का पञ्जा–३ २४ असोजदेखि प्रदर्शनमा आएको छ । ऐश्वर्यबाट डेव्यु प्रसाई नयाँ पुस्ताकी सुन्दर अभिनेत्री हुन् । दोस्रो फिल्मसम्म आएपुग्दा उनको सुन्दरता मात्र होइन अभिनय पनि उत्तिकै प्रशंशा गर्न थालिएको छ ।

    प्रसाई फिल्म प्रचारका नहिडेको भन्ने आरोप लागे पनि उनको अभिनय मुख्य रहेको टिप्पणीले उनको दबदबा बढिरहेको भान हुन थालेको छ । फिल्म पण्डितहरूका अनुसार उनी लामो समयसम्म नेपाली फिल्म उद्योगमा टिक्न सक्ने अभिनेत्री हुन् ।

    दीपिका भन्दा केही अगाडी फिल्ममा उदाए दुई बर्षा बर्षा सिवाकोटी र बर्षा राउत । कहिलेकाही यी दुई अभिनेत्रीबीच एकले छान्दा अर्काले फाल हान्ने गसिप बजारमा आउँछन् ।

    तर, दुवै फिल्ममा सम्भावना बोकेका अभिनेत्रीका रूपमा दरिएका छन् । ‘नाई नभन्नु ल’बाटै दुवै अभिनेत्रीको फिल्मी करिअरको उचाईले गति लिएको थियो ।

    यी दुई अभिनेत्रीले अबको एक दशक नेपाली फिल्म उद्योग धान्न सक्ने अनुमान गरिएको छ । निरन्तर विभिन्न फिल्मका अभिनयदेखि आइटम गीतमा समेत उदाएकी छन् स्वस्तिमा खड्का ।

    निर्देशक निश्चल बस्नेतपत्नी स्वस्तिमा अभिनित फिल्म जय भोले फूलपातीको दिन रिलिजको संघारमा छन् । उनको अभिनय कलाले पनि उनी फिल्मी क्षेत्रमा लामो समय टिक्नसक्ने अनुमान धेरैले गरेका छन् ।

    यता, राम्रो पारिश्रमिक लिने र निरन्तर फिल्ममा ओज बढाइरहेकी अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । भर्खरै उनी अभिनित फिल्म इन्टु मिन्टु लन्डनमा अस्ट्रेलियामा प्रदर्शनको चरणमा रहेको छ ।

    फिल्म क्षेत्रमा अभिनेत्रीहरू आउने क्रम जारी रहेको छ । मोडलिङबाट करिअर सुरु गरी मूलधारका फिल्ममा व्यस्त अभिनेत्रीहरू आजको पुस्ताको प्रतिनिधित्व गर्दै उद्योगलाई जोगाएर राख्ने सम्भावना रहेका बताइन्छ ।

    प्रतिकृया दिनुहोस्