आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२६ गते
    २९४ पटक
    काठमाडौं ।

    गुन्डा नाइके समीरमान बस्नेत अहिले केन्द्रीय कारागार जग्गनाथदेवलमा पाहुना कैदीको रुपमा बन्दी जीवन बिताइरहेका छन्। केही दिनअघि मात्रै ललितपुरस्थित नख्खु कारागारबाट मुस्ताङ पठाइएका उनलाई सर्वोच्च अदालतको आदेशपश्चात् काठमाडौं ल्याइएको थियो।

    बस्नेतको रिहाइ गर्न माग गर्दै दायर भएको बन्दी प्रत्यक्षीकरण मुद्दा असोज २२ गते सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलासले खारेज गरिसकेको छ। अहिले उनी केन्द्रीय कारागारको गोलघरमा पाहुना कैदीको रुपमा बन्दी जीवन बिताइरहेका छन्।

    सर्वोच्चको आदेशपश्चात् मुस्ताङबाट काठमाडौं ल्याइएका उनलाई पुन: मुस्ताङ पठाउने/नपठाउने टुंगो लागिसकेको छैन। बस्नेतलाई मुस्ताङ पठाइएपछि इन्काउन्टर गर्ने योजना बनाएर मुस्ताङ लगिएको भन्दै उनको परिवारले पत्रकार सम्मेलनसमेत गरेको थियो। परिवार र बस्नेत स्वयंले मुस्ताङ जान नमानेकाले पठाउने/नपठाउने भन्नेबारे छलफल भइरहेको कारागार व्यवस्थापन विभाग स्रोतले जानकारी दियो।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले समीरमानलाई भारतबाट पक्राउ गरेर मंसिर १७ गते सार्वजनिक गरेको थियो।

    नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको थियो। उनी यसभन्दा अघि पनि गुन्डागर्दी गरेको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका थिए।

    गौचनको गत असोज २३ गते काठमाडौंको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो।

    प्रतिकृया दिनुहोस्