Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२६ गते
    १५६ पटक
    नेपालगन्ज ।

    सिमा अपराध नियन्त्रणमा उत्कृष्ट काम गरेको भन्दै ५ नम्बर प्रदेश प्रहरी ब्यूरोका प्रमुख प्रहरी निरीक्षक देवि पौडेल सम्मानित भएका छन् ।

    संघिय प्रहरी कार्यालय प्रदेश नम्बर ५ ले विहीवार दाङको तुलसिपुरमा ६३ औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा सिमा अपराध नियन्त्रणमा आफ्नो क्षमता, दक्षता उत्कृष्टरुपमा प्रदर्शन गरेको भन्दै प्रहरी निरीक्षक पौडेललाई सम्मान गरेको हो ।

    उनलाई संघिय सभामुख कृष्णबहादुर महराले प्रशसापत्र र नगद राशि प्रदान गरेका थिए । ब्यूरोको कमाण्ड सम्हालेको छोटो समयमा नै सिमा अपराध नियन्त्रणमा उत्कृष्टता प्रदर्शन गरेपछि प्रदेश प्रहरी कार्यालयले पोख्रेललाई प्रशसा पत्र र नगद सहित पुरुस्कृत गरेको हो ।

    प्रहरी निरीक्षक पौडेल ब्यूरोमा आएपछि भन्सार छली विरुद्व आक्रमक रुपमा प्रस्तुत भएका थिए । पछिल्लो समय बाँके तथा बर्दियामा तस्करी केही भएपनी न्यूनिकरण भएको बताइन्छ ।

    प्रतिकृया दिनुहोस्