Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२६ गते
    ५०४ पटक
    नेपालगन्ज ।

    बाँकेको कोहलपुरबाट प्रहरीले ठूलो प्रयासपछि दुर्लभ तथा संरक्षित रेड पाण्डाको छालासहित पाँच जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष टोलिले कोहलपुर–२ बाट एक थान रेड पाण्डाको छालासहित पाँच जनालाई बिहीबार पक्राउ परेको हो ।

    इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक निराजन घिमिरेका अनुसार कोहलपुर–२ मा रहेको सालको बुटामा रहेको सन्ध्यालक्ष्मी खाजा घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

    प्रहरीका अनुसार छालासहित पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका– ०१ का बुद्धि शर्मा, वडा नं. २ का मुकेश दमाई, वडा नं. ४ का थमन दमाई, दिपक सुनार र २१ वर्षिय बलराज ऐडी रहेका छन् ।

    कोहलपुरमा रेड पाण्डाको कारोबार भइरहेको सुचना पाएपछि प्रदेश नम्बर ५ को अनुसन्धान समुह र कोहलपुर प्रहरी समेत केही दिनयता पछि लागेको थियो । तर उनीहरुको सफलता हासिल गर्न सकेका थिएनन् ।

    रेड पाण्डाको छाला बरामद गरी अनुसंधान सुरु गरिएको प्रहरी निरिक्षक घिमिरेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्