आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२५ गते
    ३४३ पटक
    काठमाडौं ।

    मुभी मेकर्सको ब्यानरमा सुरज प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘मदहोस’ युनिट काठमाडौं फर्किएको छ । चितवनको विभिन्न रमणीय स्थानमा चलचित्रको आधाभन्दा बढी छायाँकन सकाएर यो युनिट राजधानी फर्किएको हो ।

    चलचित्रको बाँकी रहेको दृश्य र एक गीत काठमाडौं छायाँकन गर्ने योजनासहित यो युनिट काठमाडौं फर्किएको निर्देशक एसके अधिकारीले बताए ।

    एसके अधिकारीको शब्द, बाबुल गिरी र सन्तोष प्रगाढको संगीत रहेको चलचित्रको गीतमा नित्याशिवाले स्वर दिएकी छन् । नित्यालाई गीतमा सांगीतकारद्वय बाबुल गिरी र सन्तोष प्रगाढले साथ दिएका छन् ।

    मंसिर २८ गते रिलिजमा आउने चलचित्रमा सन्तोस श्रेष्ठ, प्रियंका अधिकारी, कसिस दाहाल, दीपेन्द्र कोइराला, सृष्टि भट्टराई लगायतको अभिनय रहनेछ ।

    प्रतिकृया दिनुहोस्