आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२५ गते
    ८६६ पटक
    नेपालगन्ज ।

    ६३ औं प्रहरी दिवस बिहीबार बाँके सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । दिवस बाँकेको नेपालगन्जमा समेत औपचारिक कार्यक्रम गरी मनाइएको छ ।

    दिवसको अवसरमा संघिय प्रहरी इकाई कार्यालय नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरिएको थियो । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाइँदै आएको छ ।

    कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नेपाल प्रहरीको गौरवपुर्ण इतिहाँस भएको बताए । सुशासनयुक्त र समृद्ध नेपाल निर्माणमा प्रहरी संगठनको महत्वपुर्ण भुमिका रहेको भन्दै उनले प्रशंसा समेत गरे ।

    कार्यक्रममा सहभागिहरुले कार्यलय परिसरमा रहेको अमर प्रहरी स्मारकमा माल्यार्पण समेत गरेका थिए । दिवसको अवसरमा उष्कृष्ट काम गरेको भन्दै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीसहित ५ जना प्रहरी अधिकारीलाई पुरुस्कृत गरिएको थियो ।

    दिवसको अवसरमा आयोजित कार्यक्रममा दंगा नियन्त्रण गण खजुराका प्रमुख एसपी विर बहादुर ओली, अमर परिवार, स्थानीय जनप्रतिनिधी, व्यवसायी, पत्रकार, प्रहरी लगायतको उपस्थिती रहेको थियो ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वडा प्रहरी कार्यालय नेपालगन्ज प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्