आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२५ गते
    ४६१ पटक
    रुकुम ।

    जबरजस्ती करणी गरेर भाग्न खोज्ने रुकुम पश्चिमका एक व्यक्ति पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा रुकुम पूर्व भूमे गाउँपालिका ४, हुकामका ३० वर्षीय सवीन्द्र घर्ती रहेका छन्। उनले रुकुम पश्चिम बाँफिकोट गाउँपालिका घर भइँ मुसिकोटमा कोठा गरी बस्ने ३० वर्षीय एक महिलाको कोठामा राती ढोकाको चुकुल खोली जबरजस्ती प्रवेश गरेर करणी गरेका थिए।

    घर्तीले पीडित महिलालाई करणीका साथै उनको कोठामा रहेको २० हजार रुपैयाँसमेत चोरी गरी भाग्न प्रयास गरे पनि घटनाको जानकारी पाउनसाथ प्रहरी टोली घटनास्थलमा पुगेर उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए।

    उनका अनुसार २० हजार रुपैयाँ चोरी भएकोमा १६ हजार नगद र १ थान मोबाइल बरामदसमेत गरिएको छ। घर्तीलाई जिल्ला अदालत रुकुमबाट १५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्