

बाँकेको नेपालगन्जमा कपडा पसलको आडमा लागुऔषध ब्राउनसुगरको डिलर नै सञ्चालन गर्ने गरिएको खुलासा भएको छ ।
नेपालगन्ज उप–महानगरपालिका २ न्यूरोडमा रहेको सत्यम फेन्सी बस्त्रालयका सञ्चालक अरुण कुमार जयसवालबाट ठूलो मात्रामा ब्राउनसुगर बरामद भएपछि निजले डिलर नै सञ्चालन गरेको खुल्न आएको हो ।
बाहीरबाट हेर्दा ठूलो लागतको लाग्ने कपडा पसल सञ्चालन गरेका जयसवालले लागुऔषध ब्राउनसुगरको ठूलो धन्दा चलाउने प्रहरीले बिषेश सुराकीबाट चाल पाएको थियो ।
प्रहरीले बुधबार दश हजारको ब्राउनसुगर बेच्न ठिक्क पारेका जयसवालको पसलमा छापा मारेर २३ ग्राम ४ सय मिलीग्राम ब्राउनसुगर फेला पारेको छ ।नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बाँकेको टोलिले जयसवाललाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके उच्च स्रोतका अनुसार, उनले कपडा पसलको नाममा लागुऔषध ब्राउनसुगरको ठूलो कारोबार गर्दथे ।
बाहीबारबाट हेर्दा कपडा व्यवसाय देखिएपनी भित्र रुपमा उनले ब्राउनसुगरको डिलर नै सञ्चालन गर्ने गरेका थिए, प्रहरी स्रोतले भन्यो ।