आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२४ गते
    ३८२ पटक
    नयाँदिल्ली ।

    भारतका विमानस्थलमा खटिने सुरक्षाकर्मीलाई ड्यूटीको क्रममा धेरै नहास्न निर्देशन दिइएको छ । सुरक्षाव्यवस्था फितलो हुनसक्ने र आतंकवादी आक्रमणको खतराको कारण केन्द्रीय औधोगिक सुरक्षा बलले यस्तो निर्देशन दिएको हो ।

    संवेदनशील क्षेत्र भएकाले यस्तो स्थानमा रहेका सुरक्षाकर्मी मित्रवत् देखिनु भन्दा सतर्क हुनुपर्ने भन्दै यस्तो निर्देशन दिएको बताइएको छ । भारतीय संचारमाध्यमहरुले उल्लेख गरे अनुसार उड्डयन सुरक्षाकर्मीहरुले अब ड्यूटीको क्रममा धेरै मुस्कुराउन पाउने छैनन् ।

    ‘अमेरिकामा ९÷११ को घटना हुनुको कारण पनि सुरक्षाकर्मी धेरै मित्रवत् भएको’ कारण देखाउँदै भारतमा यस्तो नीति चालिएको हो । पछिल्लो समय भारत सरकारले आफ्नो सुरक्षा नीति झन बलियो बनाउन खोजेको छ ।

    प्रतिकृया दिनुहोस्