आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२४ गते
    २४१ पटक
    काठमाडौं ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै सहन्यायाधिवक्तालाई पक्राउ गरेको छ ।

    आयोगको पोखरास्थित कार्यालयबाट खटिएका कर्मचारीले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई पाँच लाख रुपैयाँसहित घुस लिँदालिँदै पक्राउ गरिएको हो ।

    बुधबार बिहान पौने ९ बजे उच्च सरकारकी वकिलको कार्यालयमा कपिलवस्तुका रामकुमार टण्डनले पैसा दिँदै गर्दा उनी पक्राउ परेका हुन्।

    सहन्यायाधिवक्ता थापाले टण्डनका छोरा अनुपमलाई ठगीको मुद्दामा नपक्रिने व्यवस्था मिलाउँछु भन्दै पैसा मागेका थिए।

    प्रतिकृया दिनुहोस्