Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२३ गते
    ६४४ पटक
    नेपालगन्ज ।

    बाँकेको राप्तीसोनारीस्थित कुसुमका स्थानीयको ३२ बर्ष अघिको विजुली बाल्ने सपना मंगलबार पुरा भएको छ ।

    २०४२/०४३ सालदेखि घर अगाडिदेखि नै विद्युतको राष्ट्रिय प्रशारणको लाईन तानेर लगिएको भए पनि उनीहरुको विजुली बाल्ने ईच्छा अहिलेसम्म पुरा हुन सकेको थिएन् ।

    मंगलबारदेखि सुगम जिल्लाको बिकट क्षेत्रका रुपमा रहेको कुसुममा ग्रामिण विद्युतिकरण अन्तर्गत विद्युत विस्तार गरिएको छ ।

    सामुदायिक ग्रामिण विद्युतीकरण अन्तर्गत राप्तीसोनारी गाँउपालिकाको खासकुश्मा कुसुममा स्थापना गरिएको सवस्टेशनको मंगलबार केन्द्रीय सरकारका सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन ‘अनन्त’उद्घाटन गरेसँगै यस क्षेत्रका स्थानीयले विजुली प्रयोग गर्न पाएका हुन् ।

    उद्घाटन कार्यक्रममा मन्त्री पुनले कुसुम क्षेत्रमा मात्रै होईन राप्तीसोनारी गाउँपालिकाका सबै वडामा दुई महिना भित्र बिजुली बल्ने बताएका छन् ।

    राप्तीपारीका सबै क्षेत्रलाई विद्युतीकरणसँग जोड्ने अभियान अन्तर्गत पहिलो चरणमा खासकुश्माको कुसुममा सवस्टेशन स्थापना गरिएको थियो ।

    यहाँ विजुली बाल्ने लामो प्रयासपछि मंगलबार खासकुश्मामा पहिलो पटक बत्ती बलेको हो ।

    प्रतिकृया दिनुहोस्