Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२३ गते
    ४७८ पटक
    नेपालगन्ज ।

    भारतबाट भन्सार छली चोरी पैठारी गरेर ल्याउदै गरेको अवस्थामा नेपालगन्जबाट प्रहरीले ठूलो मात्रामा विभिन्न कपडाहरु बरामद गरेको छ ।

    वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलिले सोमबार राती भन्सार छली गरेर ल्याउदै गरेको अवस्थामा विभिन्न कपडाहरु नियन्त्रणमा लिएको हो ।

    लेडिज सुट १०४ पिस, २.काचो कपडा ४० मिटर, कट्टु १०० पिस, धोति ३२ पिस, अण्डर ट्राउजर ३८ पिस, सल २२ पिस नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

    चाडपर्व नजिकिएसँगै अवैध सामान ओसार पसार लाई नियन्त्रण गर्न कडा रुपमा अभियान चलाइरहेको उनले बताए । नियन्त्रणमा लिइएका कपडालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यलयमा बुझाइएको प्रहरीले जनाएको छ ।

    प्रहरीले नेपालगन्जका विभिन्न ठाउँबाट दैनिक जसो भन्सार छली गरेर ल्याउदै गरेको अवस्थामा विभिन्न साम्रगीहरु बरामद गर्ने गरेको छ ।

    प्रतिकृया दिनुहोस्