Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२३ गते
    ३०४ पटक
    नुवाकोट ।

    नुवाकोटमा दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई चालकको मृत्यु भएको छ।

    बेलकोटगढी नगरपालिका–७ स्थित गल्छी–देवीघाट सडक खण्डको खाल्टेमा करेण्ट लागेर लिखु गाउँंपालिका – १ बराफेदी घर भएका ३३ वर्षीय ट्रक चालक भरत ढुङ्गानाको मृत्यु भएको होे।

    पृथ्वी राजमार्गको गल्छीबाट नुवाकोटको त्रिशूलीतर्फ फलामको बाकस बोकेर आउँदै गरेको ना ३ ख ४७६८ नंको ट्रकलाई बिजुलीको तारले छुन लागेपछि ट्रकमाथि छतमा गई तार पन्छाउने क्रममा करेन्ट लागेर चालक ढुंगानाको मृत्यु भएको प्रहरी उपरिक्षक वसन्तबहादुर कुंँवरले जानकारी दिए।

    यस्तै लिखु गाउँपालिका–६ छहरेमा ना ६ त ८४५५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरका चालक पर्सा वीरजञ्जका ३८ वर्षीय धर्मराज थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

    आइतबार बालुवा खसाल्ने क्रममा सडकबाट ५० मिटर तल खसेर भएको दुर्घटनामा गम्भीर घाइते भएको चालक थारुको राजधानीको ग्रीनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

    प्रतिकृया दिनुहोस्