आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२२ गते
    १५३ पटक
    मुस्ताङ ।

    हिन्दुहरुको महान चाड वडादशै र पर्यटकको आगमनको समयलाई मध्यनजर गर्दै बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा सडक विस्तारको काम केहि समयका लागि रोकिएको छ ।

    बाढी र पहिरोले विभिन्न ठाउमा बिग्रिएको सडकको स्तर उन्नती गरि सडक संचालनमा आएको थियो ।

    शर्मा गजरमुखीका प्रोजेक्ट मेनेजर सचिन छेत्रीका अनुसार बेनी–जोमसोम–कोरला सडक आयोजनाले केहि दिनका लागि काम स्थगित गरि सडक पुर्णरुपमा संचालनमा छोडेको छ । सडक मर्मतपछि बेनी–देखि मुक्क्तीनाथ सम्मको खण्डमा सवारी साधन सञ्चालन गर्न सकिने भएको आयोजनाका सहायक प्रोजेक्ट मेनेजर राजन न्यौपानेले जानकारी दिए ।

    यस अघि निमार्णधिन सडकमा मुस्ताङ ओहोर दोहोर गर्ने सवारी साधनलाई समय तालिका मिलाइएको थियो । सडकको निर्माणकार्यलाई बाधा पूग्ने भन्दै आयोजनाले सवारी साधनलाई यस्तो व्यवस्था मिलाए पनि अहिले भने चाडवाड र पर्यटकको आगमनलाई हेरेर नै केहि समयका लागि समय तालिका अनुसारसवारी साधनलाई रोक लगाईएको छैन ।

    यो पर्यटन आगमन समयलाई मध्येनजर गरेर सडक पूर्णरूपमा सञ्चालन आएको छ । छयत्तर किलोमीटर दूरीको बेनी–जोमसोम सडक पुर्णरुपमा संचालन भएपछि स्थानीयवासी, पर्यटक र तीर्थयात्रीहरुको चाप बढ्दै गएको स्थननीय युवा समाजसेवी अविनाश गौचन थकालीले बताए ।

    प्रतिकृया दिनुहोस्