आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२२ गते
    १२० पटक
    बीबीसी ।

    केही दिनदेखि हराइरहेका इन्टरपोलका प्रमुख मेंग होंगवेई चीनको कब्जामा छन् । चीनले यसबारे पुष्टि गरेको छ । होंगवेईले चीनका केही कानूनको उल्लंघन गरेको भन्दै सोधपुछका लागि रोकिएको जानकारी दिइएको छ ।

    होंगवेई फ्रान्सको लियोन शहरबाट हराइरहेका थिए जहाँ इन्टरपोलको मुख्यालय छ । यसै वर्ष सेप्टेम्बर २५ मा इन्टरपोलको मुख्यालयबाट निस्किएपछि होंगवेई हराइरहेका थिए ।

    उनकी श्रीमती ग्रेस मेंगले होंगवेईको ज्यान खतरामा भएको आशंका जताएकी थिइन् । इन्टरपोल संसारभरीको पुलिस संस्थाको संगठन हो जसको नेतृत्व मेंग होंगवेईको हातमा छ ।

    मेंग होंगवेई चीनको जन सुरक्षा विभागका उपमन्त्री भइसकेका छन् र चीनका पहिलो यस्तो नागरिक हुन् जसलाई दुई वर्ष अघि इन्टरपोलको प्रमुखको पदका लागि चुनिएको छ ।

    प्रतिकृया दिनुहोस्