आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२२ गते
    २३६२ पटक
    नेपालगन्ज ।

    सात बर्षिय बालकले आमाको पार्थिव शरिरमा दागवत्ति दिन थालेपछि बाँकेको खजुरा गाउँपालिका ४ ईगाउँको किरणनाला घाटमा सोमबार विहान मलामी सबैका आँखा रसाए ।

    त्यस भन्दा पनि बढि मलामीका आँसु त्यती बेला आँखामा भरिए ।

    जतिबेला नाबालक विपिनले जल्दै गरेको आमाको चितामा एकोहोरो हेरिरहे । लक्ष्मीका पति नरेन्द्र विसीले छोरालाई अंगालो हालेर रोएको दृश्यले पनि मन नछुने सायदै थिए ।

    ३७ बर्षिया लक्ष्मी विसीको आइतबारराती भेरी अञ्चल अस्पतालमा निधन भएको हो । लक्ष्मीका छोरी र छोरा छन् । दुई दिदीभाई मध्ये कान्छा छोरा विपिन हुन् ।

    पत्थरीको शल्यक्रिया गर्नका लागि अस्पताल भर्ना भएकी लक्ष्मीलाई पछि चिकित्सकहरुले क्यान्सरको आशंका गरे ।

    भेरी अञ्चल अस्पताल हुँदै लखनउ तथा राजधानी र भरतपुरको क्यान्सर अस्पतालमा उपचारका लागि लगिएकोमा केही दिनअघि मात्रै घर ल्याइएको थियो ।

    लक्ष्मीले स्थानीय मिलीजुली कृषक बहुउद्धेशयीय सहकारी संस्थाको संचालक सदस्य, महिला तथा बालबालिका संरक्षण केन्द्रको उपाध्यक्षको रुपमा सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको स्थानीय मनकामना नेपाल राष्ट्रिय आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवराम विसीले बताए ।

    #लोकप्रियन्यूजबाट ।

    प्रतिकृया दिनुहोस्