आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२१ गते
    ५०१ पटक
    बीबीसी ।

    त्यो निकै अविस्मरणीय रात थियो । २८ वर्षमा पहिलो पटक कुनै महिलालाई स्पर्श गरेको थिएँ । यसले कुनै फरक पारिरहेको थिएन कि ती महिला मेरी श्रीमती नभई एक यौनकर्मी थिइन् ।

    मेरा इच्छा पूरा भइरहेको थियो, त्यसकारण म खुसी थिएँ ।

    त्यो अनुभव एक हप्तासम्म मेरो दिमागमा जिउँदो थियो ।

    यस्तो लागिरहेको थियो कि म भिन्न दुनियाँमा छु । र यस्तो पनि किन नहोस् ?

    मेरो विवाह हुन सकिरहेको थिएन । गुजरातको मेरो शहरमा पुरुषको तुलनामा महिलाको संख्या कम छ ।

    मेरो आमाबुवाले धेरै कुरा सुन्नु परेको थियो । जस्तै, यदि तपाईंको छोरा सरकारी जागिरे भएको भए कुरा अर्कै हुन्थ्यो । निजी कम्पनीको जागिरको के विश्वास ? र तपाईंसँग धेरै जग्गाजमिन पनि त छैन ।

    त्यतिबेला म महिनाको आठ हजार कमाइरहेको थिएँ । म घरको जेठो छोरा थिएँ र कतै पनि विवाहको कुरा मिलिरहेको थिएन ।

    मलाई लाग्थ्यो कि यदि कतै सम्बन्ध गाँसिए समाजमा इज्जत हुने थियो ।

    सीमा त्यतिबेला नाघ्यो जब एकजना मेरो साथी विवेक (परिवर्तित नाम) को विवाह भयो जबकी उसको कमाई मेरोभन्दा कम थियो ।

    सायद यसकारण निरजका बुवा २० एकड जमिनका मालिक थिए ।

    हामी चारजना साथीहरु थियौं जो धेरैजसो रक्सी पिउनका लागि नजिकैको शहर जाने गर्दथ्यौं ।

    सायद मेरा साथीहरुलाई त्यो दिन मेरो तनावबारे थाहा भयो ।

    एक इन्जिनियर कसरी बने पुरुष यौनकर्मी ?
    ग्लासमा बियर राख्ने बेला एकजना साथीले भने, ‘ओई, किन यति तनावमा छस् ? हिँड् मसँग । तैंले यदि विवाह गरेकै भएपनि यति मजा आउँदैनथ्यो । हेर्, दुनियाँ कति रंगीन छ । त्यसको मज्जा ली । तँ हिँड् मसँग ।’

    म यस्तो सोच्नै सक्दिनथें । तर साथीले मलाई निकै सम्झाउन र मनाउन थाल्यो । अन्त्यमा हामी एउटा होटलमा गयौं ।’

    मैले विभिन्न ब्लू फिल्म हेरेको थिएँ तर जिन्दगीमा पहिलो पटक कुनै महिलासँग थिएँ ।

    त्यसपछि होटलमा जाने बानी बसिहाल्यो । पाँच वर्षसम्म यो सिलसिला जारी रह्यो । आफूलाई आनन्द दिलाउनु यो एक सजिलो बाटो थियो ।

    तर एकदिन मेरो यो राजबारे मेरा बुवालाई थाहा भयो । उहाँको रिसको पारो निकै माथि पुगेको थियो ।

    हात त उठाउन सक्नुभएको थिएन त्यसकारण चिच्याएरै आफूलाई शान्त बनाउने कोसिस गरिरहनु भएको थियो ।

    ‘तँलाई यस्तो गर्न लाज लागेन ? आफ्नी आमा र दिदी बहिनीबारे एकपटक पनि सोचिनस् । अब समाजमा कसरी मुख देखाउने ?’

    आमा र हजुरआमा अलग्गै रोइरहनु भएको थियो । हजुरआमाको माइतीलाई पनि यसबारे थाहा भएको थियो ।

    मैले स्पष्टिकरण दिएँ, ‘साथीहरुले मलाई रक्सी खुवाएर होटलमा लगे । म नशामा थिएँ त्यसकारण के भयो थाहा भएन ।’ मैले गल्ती भएको भन्दै माफीसमेत मागें ।

    ‘त्यसो भए यतिका वर्षसम्म एउटै गल्ती किन दोहोराइस् ?’

    बुवाको यो प्रश्नको उत्तर मसँग थिएन ।

    कहानी एक महिला पार्लर चलाउने पुरुषको
    हजुरआमा र भिनाजुले छुट्टै गाली गरिरहनु भएको थिए । उहाँहरुको गाली सुनेर यस्तो लागिरहेको थियो कि मैले कुनै ठूलै अपराध गरें जस्तै कि कसैको हत्या ।

    तीन दिनसम्म बुवाले मसँग कुरै गर्नुभएन र तेस्रो दिन एकाएक भन्नुभयो, ‘तेरो लागि एकजना विधवाको सम्बन्ध छ । उसको पाँच वर्षको छोरा पनि छ तर महिला राम्रो घरकी हुन् ।’

    ‘ती महिलाको बुवालाई तेरो व्यवहारबारे थाहा छ तर उनीहरु विवाहका लागि तयार छन् । छोरा, तेरो पनि उमेर घर्किदैंछ । तँ ३१ वर्षको भइसकिस् । यो सम्बन्धलाई हुन्छ भनिदे ।’

    ‘अब त तँ राम्रै कमाउछस् । गृहस्थी बसा, हामी खुसी हुन्छौं ।’

    तर मलाई त अर्कै मन परिसकेको थियो । ती महिला त्यो होटलमा काम गर्थिन् जहाँ म यौनकर्मीका लागि जान्थें ।

    उनले त्यहाँ हाउसकिपिङको काम गर्थिन् । कम पैसा कमाउँथिन् । तर उसमा एउटा कुरा थियो । उनी मुस्कुराएको मलाई निकै मन पर्दथ्यो ।

    तर उनी पनि मेरो बानीका कारण रुष्ट थिइन् । उनले मसँग विवाह गर्न अस्विकार गरिदिइन् ।

    जब उनले अर्कैसँग विवाह गरिन् तब म विक्षिप्त भएँ ।

    मलाई अधुरो महसुस हुन लागेको थियो । म कसैको साथ खोजिरहेको थिएँ, जसले मेरो भावना बुझोस् र जीवनभरी मसँगै बसोस् । वैवाहिक जीवनको कमी निकै मज्जाले महसुस हुन थालेको थियो ।

    परिवारका सदस्यलाई पनि समाजमा घुलमिल हुन निकै समस्या भइरहेको थियो । त्यसकारण मैले घर छोडिदिएँ ।

    तर दुई हप्तापछि नै आमाबुवाले बोलाएपछि म फर्किएँ ।

    मेरो विवाहको प्रश्न जस्ताको तस्तै थियो र परिवारलाई त्यसले तनावमा पारेको थियो ।

    समाज छ नै यस्तै । उनीहरु यस्तै प्रश्नमा धेरै मज्जा आउँछ जसले सबैभन्दा धेरै दुःख दिन्छ ।

    यसपटक मैले सधैंका लागि घर छोड्ने निर्णय गरें ।

    नयाँ शहर, नयाँ मानिसहरु तर बानी भने पुरानै । कहिले छिमेकमा बस्ने महिलासँग त कहिले नजिकैको शहरमा गएर मन बुझाएँ ।

    धेरैपटक मेरो अफिसका मालिक पनि मसँगै आउँथे । उनलाई ममाथि निकै विश्वास थियो ।

    आज म ३९ वर्ष पुगिसकेको छु तर एक्लो महसुस गर्दिनँ ।

    विवाहको जुन सपना सजाएको थियो त्यो श्रीमतीमार्फत पूरा हुन नसकेर के भयो त अन्य महिलासँग पूरा भइसकेको छ । सबै चल्छ, आखिर जीवन हो ।

    अब त परिवारका सदस्यले पनि सम्झौता गरिसकेका छन् । भाइले एक आदिवासी महिलासँग प्रेम विवाह गरेको छ ।

    अब म स्वतन्त्र चरी हुँ ।

    विवाहबारे मैले सोच्नै छोडिदिएको छु किनभने विवाह पछिको जीवनशैली मलाई मनपरेन ।

    अहिले मेरो मासिक तलब ४० हजार पुगेको छ । कहिले काँही कमाई योभन्दा पनि माथि पुग्छ ।

    कुनै कुराको कमी छैन त्यसकारण मनमा कुनै ग्लानी पनि छैन ।

    थाहा छैन, यदि विवाह भएको भए जीवन कस्तो हुन्थ्यो । मेरो स्वतन्त्र जीवन निकै सुन्दर र उत्कृष्ट छ ।

    प्रतिकृया दिनुहोस्