आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२१ गते
    १६० पटक
    डोल्पा ।

    हिमाली जिल्ला डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सडकको रुपमा निर्माण भएको जाजरकोट डोल्पा सडकखण्डको अाइतबार स्थलगत अनुगमन गरिएको छ ।

    सडक अनुगमन महालेखा परिक्षक कार्यालयका प्रमुख दामोदर पुडाशैनी, रक्षा मन्त्रीको नीजि सचिवालयबाट प्रभात विक्रम कटुवाल, रक्षा मन्त्रालयक सह सचिव तुलसीराम सेडाइ, अर्थ मन्त्रालयका उपसचिव तिर्थराज सिलवाल, भौतिक पुर्वधार तथा यातायात मन्त्रालयबाट सह सचिव राजेन्द्र शर्मा, सह सचिव हरी बस्याल, सडक विभागका सहसचिव मुक्ती गौतम, सह सचिव अर्जुनजंग थापा, नेपाली सेनाका विकास निर्माण निर्देशनालयका निर्देशक सहायकरथी रामधर सिंहसहितको टोलीले सामुहिक रूपमा गरेको हो ।

    अनुगमन टोलीले जाजरकोट-डोल्पा सडकखण्ड अन्तर्गतको खदाङ त्रिपुराकोट खण्डको चिप्लेभीरमा हेलिकप्टर अवतरण गरेर सडकको स्थलगत अनुगमन गरेको जाजरकोट डोल्पा सडक निर्माण कार्यदल प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले जानकारी दिए । साथै टोलीले कर्णाली करिडोर, फुलालु-लैभु सडकखण्ड सिमीकोटको पनि आइतबारनै अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

    थुप्रै भौगोलिक कठिनाइको बाबजुत पनि भीर खोपेर गाडी गुड्ने चौडा सडक निर्माण गरेको भन्दै अनुगमन टोलीले सेनाको प्रशंसासमेत गरेको थियो ।

    डोल्पा जोड्ने सडकको ट्रयाक खुलिसकेकाले जिरो पोईन्टको रुपमा रहेको जाजरकोटको पासगाडदेखि डोल्पाको दुनैसम्म सिधा यातायात सञ्चालनमा ल्याउन सडकको बिचमा पर्ने खोलाहरुमा पक्की पुल निर्माणमा जोड दिइने अनुगमन टोलीले जनाएको छ ।

    त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ५ मा पर्ने खदाङसम्मको ८७ किमि सडक निर्माणकार्य सम्पन्न भएर जीप, ट्रयाकटर लगायतका यातायात सञ्चालनमा आइसकेको पहाडीले बताए ।

    तिहारभित्रै जाजरकोट डोल्पा सडकको औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको सेनाले जनाएको छ ।

    त्यस्तै अनुगमन टोलीले त्रिपुरा सुन्दरी नगरपालिका १ मा रहेको प्रशिद्द शक्तिपिठ त्रिपुरा सुन्दरी मन्दिरमा सामुहिक पुजापाठ समेत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्