Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२० गते
    १७२५ पटक
    नेपालगन्ज ।

    ५० करोड बढी लगानी गरिसकेको सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीले भ्यूमा अझै लगानी थप भैरहेको जनाएको छ ।

    नेपालगन्ज स्थित होटल भ्यू सिद्धार्थले ‘फोर स्टार’को मान्यता लिएको छ । होटल तथा रेष्टुरेन्टको क्षेत्रमा देशकै अग्रणी लगानीकर्ता मध्येको सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीको होटल भ्यू सिद्धार्थ पहिलो फोर स्टार हो ।

    ‘यसले हामीलाई हस्पिटालिटीको क्षेत्रमा अझ हौशला प्रदान गरेको छ’, सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले पर्यटन विभागबाट फोर स्टार स्तरको होटलमा वर्गीकरण परेपछि भने, ‘थप लगानी पनि गरिरहेका छौं ।’

    केही महिनामै क्यासिनो सञ्चालनका लागि दोस्रो पार्टीसँग सम्झौता गरेको सिद्धार्थले त्यसका लागि करोडौं लगानी थप हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्