Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/२० गते
    ३११४ पटक
    नेपालगन्ज ।

    बाँकेमा ट्रक र हाइस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

    जिल्लाको राप्तीसोनारी गाउँपालिकाको मुगुवाखोला नजिक हाइस र ट्रक ठोक्किँदा घटनास्थलमा चार तथा कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा थप दुईजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

    आज बिहान कोहलपुरबाट लमहीतर्फ जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक र दाङ्गको तुलसीपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस मुगुवाखोला नजिक ठोक्किएका थिए । दुर्घटनामा मृत्यू भएका मध्ये ५ जनाको सनाखत भएको छ ।

    दुर्घटनाका मृतकको नाम र ठेगाना
    १. दाङ तुलसीपुर उप–महानगरपालिका निवासी तुल्सी रावत ।
    २. दाङ तुलसीपुर उप–महानगरपालिका निवासी २६ वर्षकी बसन्ती चौधरी ।
    ३. दाङ तुलसीपुर उप–महानगरपालिका निवासी ४० बर्षकी नारायणी शिरिष ।
    ४. दाङ तुलसीपुर उप–महानगरपालिका निवासी ३० बर्षकी दोर्णा बुढाथोकी ।
    ५. दाङ तुलसीपुर उप–महानगरपालिका निवासी हायस चालक ३९ वर्षिय सुगन चौधरी ।

    अन्य एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मृतकहरुको शवंलाई पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगन्ज लगिएको छ ।

    दुर्घटनामा परी घाइते १७ जनाको समेत पहिचान खुलिसकेको छ । उनीहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

    घाइतेहरुको नाम र ठेगाना
    १. दाङ तुल्सीपुर उपमहानगरपालिका ५ बस्ने ५० वर्षकी धनीसरा चौधरी ।
    २. रोल्पा थपाङ गाँउपालिका २ बस्ने ४३ वर्षकी रासकुमारी रोका ।
    ३. सल्यान सारदा नगरपालिका १४ बस्ने ३० वर्षकी चन्द्रकला पुन ।
    ४. रोल्पा थवाङ गाँउपालिका २ बस्ने ४२ वर्षको कर्म बहादुर बुढा ।
    ५. दाङ तुल्सीपुर नगरपालिका ६ बस्ने ४० वर्षकी ईन्दीरा केसी ।
    ६. सल्यान छाँयाछत्र गाउपालिका ३ बस्ने वर्ष २२ की मिना योगी ।
    ७. दाङ तुल्सीपुर उपनगरपालिका ६ बस्ने ४२ वर्षकी ईश्वरी विक ।
    ८. दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्ने ४९ वर्षका टेक बहादुर सुनार ।
    ९. दाङ तुल्सीपुर उपमहानगरपालिका ७ बस्ने २१ वर्षकी कृष्णा कुमारी रिजाल ।
    १०. दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्ने ३६ वर्षकी कल्पना बस्नेत ।
    ११. दाङ तुल्सीपुर उपमहानगरपालिका ३ बस्ने २३ वर्षकी अन्जली बर्मा ।
    १२. दाङ तुल्सीपुर उपमहानगरपालिका ५ बस्ने २४ वर्षकी गिता भण्डारी ।
    १३. दाङ तुल्सीपुर उपमहानगरपालिका ८ बस्ने २३ वर्षका प्रेम बुढा ।
    १४. दाङ तुल्सीपुर उपमहानगरपालिका १ बस्ने २८ वर्षका मोहन जोसी ।
    १५. दाङ तुल्सीपुर उपमहानगरपालिका ७ बस्ने ४८ वर्षकी मनकुमारी वली ।
    १६. दाङ तुल्सीपुर उपमहानगरपालिका ५ बस्ने २२ वर्षकी अन्जली पुन ।

    प्रतिकृया दिनुहोस्