आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७५/६/१९ गते
    ३४४ पटक
    नेपालगन्ज ।

    नेपालगन्जमा भारतको चर्चित स्मार्ट फोन एमआइ मोबाइल ओली टे«ड लिंकले बजारमा ल्याएको छ ।

    बुधबार नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसनका अध्यक्ष समेत रहेका ओली टे«ड लिंकका प्रबन्ध निर्देशक चिरञ्जीवि ओलीले एमआइ ब्राण्डका विभिन्न मोडेलहरु लन्च गरेका हुन् ।

    १३ हजारदेखि ३१ हजार मूल्यसम्मका विभिन्न मोडेलहरु लन्च गरिएको नेपाल मोबाइल वितरक संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका ओली टे«ड लिंकका प्रबन्ध निर्देशक चिरञ्जीवि ओलीले जानकारी दिए ।

    उनका अनुसार, नेपालगन्जमा बुधबार लन्च गरिएका रिड मि सिक्स ए देखि एटु मोडेलका विभिन्न चार वटा मोबाइल बिक्रीका लागि बजारमा उपलब्ध गराइएको हो ।

    ‘एमआइ ब्राण्डले भारतमा एकलौटी २९ प्रतिशत बजार ओगटेको छ’, टेली डाइरेक्ट प्रा.लि.का सेल्स म्यानेजर जीवन अधिकारीले भने ।

    मार्केटिङ्ग म्यानेजर किरण एमसीका अनुसार, लन्चिङ्ग लगत्तै नेपालगन्जका विभिन्न मोबाइल शपहरुमा एमआइका चार वटै मोडेल बिक्रीका लागि पुर्याइ सकेको छ ।

    प्रतिकृया दिनुहोस्